पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आइतबार ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाले ५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा पोखरा १३ की वडा सदस्य सुचित तामाङले १०३ वर्षिया बसन्धरा बराल, ९६ वर्षीय नीलकण्ठ बराल, ९१ वर्षीय बालासिं भुजेल, ९१ वर्षकै नरहरि पौडेल र ९० वर्षीया दुर्गादेवी बराललाई दोसल्ला र फूलमालाले सम्मान गरिन् । वडा सदस्य तामाङले ज्येष्ठ नागरिकहरुको संरक्षणमा वडा कार्यालय सधैं लागिपर्ने बताइन् ।
ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाका अध्यक्ष बलराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी, योगराज बराल, विश्व हिन्दु महासंघ कास्कीका वरिष्ठ उपाध्यक्ष भीमबहादुर बराल, संस्थाका निवर्तमान अध्यक्ष रुद्रनाथ बराल, आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बराल लगायतले ज्येष्ठ नागरिकहरुको संरक्षण, अधिकारबारे बोलेका थिए । संस्थाका उपाध्यक्ष सुशीला बरालले स्वागत र कोषाध्यक्ष कृष्णप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०