पोखरा । सिद्धार्थ क्लब पोखराले महिला अधिकारसम्बन्धी कानुनी सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा ४ की वडा सदस्य पार्वती माकाजूले धेरैजसो महिलालाई अधिकारसम्बन्धी चेतना नभएको उल्लेख गर्दै यसप्रकारको तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्न सुझाव दिइन् ।
कार्यक्रमका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले सिद्धार्थ क्लबका कार्यक्रमको संक्षिप्तमा जानकारी गराउँदै कार्यक्रम फलदायी रहने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा अधिवक्ता कृष्णकुमारी गुरुङ, क्लबका निर्देशक रवि मर्सानी र सहभागी ज्ञानु श्रेष्ठले मन्तव्य राखे ।
अधिवक्ता गुरुङले नेपालको संविधान २०७२ को विशेषता, महिला अधिकार, हकहितका साथै संविधान कार्यान्वयन र चुनौतीबारे सहजीकरण गरिन् । कार्यक्रम क्लब सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन र स्वागत प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०