बेसीशहर । लमजुङ अस्पतालका चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङले बेंशिसहर नगरपालिका ७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
चिकित्सक कुटेको अभियोगमा उनीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । अन्तत: उनी अदालतको आदेशसँग १ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ दफा ३ को कसुरमा सोही ऐनको दफा १५ अनुसार यस्तो प्रकृतिको मुद्दामा ३ लाख जरिवाना, ३ वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ । सोही दफा अनुसार सरकारी वकिल कार्यालयबाट हदैसम्मको सजाय माग गरिएकोमा १ लाख मात्र धरौटीमा बस्नेत रिहा भएका छन् । वादीको तर्फबाट जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर रानामगर र प्रतिवादी बस्नेतका पक्षबाट अधिवक्ता विजयप्रकाश अधिकारीले वहस पैरवी गरेका थिए ।
गत आइतबार राति डा. सन्दीप अधिकारीमाथि वडाध्यक्ष बस्नेतले हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१