फाइल तस्बिर
पोखरा । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगारेको बताएका छन् ।
सोमबार पोखरामा एमाले गण्डकी प्रदेश अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रने टिप्पणी गरे । उनले एमालेलाई सरकारबाट हटाएपछि युवा विदेश जान थालेको बताए । ‘जब हामीलाई सरकारबाट हटाइयो, युवा विदेश गए । पछिल्लो १ वर्षमा ७ लाख ६३ हजार युवा विदेश गएका छन्,’ उनले भने, ‘जतिबेलासम्म गठबन्धनको सरकार रहन्छ, जनताको भाग्य र भविष्य बिग्रिन्छ ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदांगिने टिप्पणीसमेत गरे । उनले भने, ‘एयरपोर्टमा जतिबेला सुन समातिने गर्दछ । सत्तापक्षका अनुहारहरु उदांगिने गर्दछन् ।’ पोखरेलले जुनसुकै भ्रष्टाचार काण्डको अनुसन्धान गरे पनि अन्ततोगत्वा सत्तापक्षकै नेताहरु नै जेल जाने दाबी गरेका छन् । उनले जनता अहिले संकटमा रहेको र उद्योगी तथा व्यापारीहरु समस्यामा पर्दा सत्तानिकट रहेका व्यापारीहरु भने अवैध कारोबार गरेर अरबौंअरब कमाउन सफल भएको दाबी गरे । ‘जनता संकटमा पर्ने, सरकार संकटमा पर्ने, उद्योगी व्यवसायी संकटमा पर्ने तर सत्ताका निकट रहेका व्यापारीहरुले रातारात अरबौं कमाउने कसरी भयो ?’ उनको प्रश्न थियो ।
महासचिव पोखरेलले मिसन–२०८४ मा एमालेलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताए । उनले अब राजनीतिक अस्थिरताको चुनौती चिर्नुपर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नदिने पक्षमा प्रचण्ड नेतृत्वको सरकार रहेको आरोप लगाए । त्यही कारण सञ्चालन अनुमति मागेका अन्तर्राष्ट्रिय उडान कम्पनीलाई सरकारले अनुमति दिन नखोजेको उनको आरोप थियो ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै पपुलिजम कहिल्यै दीर्घकालीन नहुने बताए । ‘पपुलिजम कहिल्यै दीर्घकालीन हुँदैन,’ उनले भने, ‘पार्टीहरू कहिल्यै पुरानो हुँदैनन् । ती पार्टीले ५/५ वर्षमा नीति र नेतृत्वलाई अद्यावधिक गर्दछन् ।’ महासचिव पोखरेलले आफूहरूले विरोध गरैकै कारण सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन बाध्य भएको दाबी गरे ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तय भए पनि मौसम प्रतिकूलताका कारण उनी आउन नसकेपछि महासचिव पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए । पोखरामा बिहानैदेखि मौसम प्रतिकूल भएकोले बिहान ११:३० बजे सुरु हुने भनिएको कार्यक्रममा ढिलो गरी साढे १ बजेमात्र सुरु भयो । त्यतिबेलासम्म पनि नेता–कार्यकर्ताहरु अध्यक्ष ओलीको प्रतीक्षामै थिए ।
आयोजकले अघिल्लो दिन नै पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गर्ने जानकारी दिँदै पोखराको चोकचोकमा ओली तस्बिर अंकित ध्वजा पताकाले सजाएको थियो । सोही अनुसार अमरसिंहचौरमा बाक्लो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति थियो । पोखराका विभिन्न ठाउँबाट निस्केको र्याली अमरसिंह पुगेको थियो । कार्यक्रम सुरु भएपछि उद्घाटन नगरी मन्तव्य तथा नाचगान भयो । एमाले गण्डकी उपाध्यक्ष मोहन रेग्मीले स्वागत गर्दै कार्यक्रमको सुरुआत गरे । त्यसलगत्तै स्थायी कमिटी सदस्य थममाया थापा बोलिन् । लगत्तै स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सचिव पद्मा अर्याल र गण्डकी इन्चार्ज गोकर्ण बिष्टले मन्तब्य राखे ।
अध्यक्ष केपी ओली आउने भनेर प्रचार गरिए पनि मौसमका कारण उनी आउन सकेनन्
त्यो समयसम्म पनि प्रमुख अतिथि ओली आउने अत्तोपत्तो थिएन । त्यसपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बोलेर सक्दासम्म अध्यक्ष ओली नआएपछि नाच तथा झाँकी प्रस्तुत भए । अन्तत: मौसमका कारण देखाउँदै अध्यक्ष ओली नआउने जानकारी पाएपछि महासचिव पोखरेलले कार्यक्रम उद्घाटन गरेका हुन् ।
कर्यक्रममा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाए । प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको उनले बताए । उनले भने, ‘कांग्रेस शोषक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत कमिसनखोर र तस्करहरु समातेको नाउमा प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्व प्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ । सरकार टिकाउन अपराधि लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको बताए । उनले भने, ‘म यहीँबाट तपाईंहरुलाई भन्न चाहन्छु । अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक छ ।’
पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्या अर्यालले देशमा भ्रष्टाचारको चाङ सगरमाथाको उचाइभन्दा अग्लो रहेको बताइन् । ‘सुशासनका कुरा फण्डामात्र बनेका छन् । अनेकन समस्याबाट जनता छटपटाइरहेका छन्,’ उनले भनिन्, ‘समस्याको चपेटाबाट जनताले भनेका छन् । ‘हामीलाई नेकपा एमाले चाहिन्छ ।’ जनताको अपेक्षा पूरा गर्न एमाले बलियो हुनुपर्ने र यसका लागि एमालेभित्र आन्तरिक एकता आवश्यक रहेको बताइन् ।
र्टी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले देशलाई सबल बनाउन र जनताको जीवनलाई सुखी र खुसी बनाउन एकतावद्ध एमाले आवश्यक रहेको बताए ।
स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमालेले न्याय, समानता र स्वतन्त्रताको विगुल घन्काउने बताए । ‘एमाले अन्याय, अत्याचार र महँगीविरुद्ध धावा बोल्ने पार्टी हो, उनले भने ।
२ दिनसम्म चल्ने अधिवेशनको बन्दसत्र पोखरा सभागृहमा सोमबारदेखि नै सुरु भएको छ । अधिवेशनका लागि ९ सय ७ जना प्रतिनिधि छनोट भएका छन् । गण्डकीका ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएकोमा कास्कीको रुपाले मतदानमार्फत प्रतिनिधि टुंगो लागेको हो । अधिवेशनमा कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी छन् । उनीहरुलाई राख्न पोखराका २१ होटल बुक गरेको एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए ।
एमाले गण्डकीमा १ सय ६५ जनाको कमिटी गठन हुनेछ । कमिटी अझै सानो बनाउने प्रयास भएको पार्टीका गण्डकी अध्यक्ष नवराज शर्माले बताए । उनका अनुसार सर्वप्रथम सर्वसम्मतको पहल हुने छ । मतदान हुने भइहाले मेसिनमार्फत हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०