पोखरा। काठमाडौंदेखि पोखराका लागि उडेका २ जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएका छन् । मौषम खराबीका कारण यती र श्री एयरलायन्सको जहाज फर्किएका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएको भनिए पनि त्यस्तो नभई मौषम नै मुख्य बाधक भएको पोखरा विमानस्थलको दाबी छ । विमानस्थल प्रवक्ता जसोदा सुवेदीले उपकरणले काम नगरेर नभई मौषम खराबीका कारण विमान फर्किएको बताइन् । ‘जहाज डाइभर्ट भएकोले वेदर (मौषम) का कारण हो । हाम्रो सञ्चार उपकरणमा समस्या आएर होइन । कसरी समाचार प्रेषित हुन पुग्यो म नै छक्क छु ।’
उनले अगाडि भनिन्, ‘हाम्रो एउटा टेलिफोनमा लाइन सानो डिस्टर्व भाथ्यो, टेलिफोनले गर्दा जहाज डाइभर्ट हुँदैन । टेलिफोन छैन है भनी काठमाडौं टावरलाई खबर गरिएको मात्र हो । लाइन समस्यासमेत समाधान भइसकेको छ।’
मौषम खराबीका कारण अहिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जहाज अवतरण हुन नसकेको उनले बताइन् । सोमबार बिहान एउटा मात्र फ्लाइट भएके थियो । बिहान ७ बजेर ५१ मिनेटमा बुद्ध एयरको जहाज अवतरण भएपछि मौषममा खराबी आएको विमानस्थल प्रवक्ता सुवेदीले बताइन् । बिहान ८ बजेर १३ मिनेट जाँदा यती र श्री एयरलायन्सको विमान डाइभर्ट भएको घोषणा गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१