वक्तृत्वकलामा मदरल्यान्डकी कृतिका प्रथम

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८०
motherland

पोखरा । गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगितामा मदरल्यान्ड माविकी पोखराकी कृतिक पराजुली प्रथम भएकी छन् । साभ नेपाल र फ्रिडम ट्रेनिङ सेन्टरले शनिबार गरेको प्रतियोगितामा अमोर सेवा फेदीखोला स्याङ्जाकी अमृता गुरुङ द्वितीय, शान्ति निकेतन माविकी अदिती पराजुली तृतीय भए । सिर्जना माविका अभय बस्नेत र भानुभक्त माविकी स्वस्तिका क्षेत्री सान्त्वना भए ।

प्रतियोगितामा प्रथमलाई १५, द्वितीयलाई १०, तृतीयलाई ५ र सान्त्वना हुनेलाई २ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको प्रमुख आतिथ्य र साभ नेपालका अध्यक्ष तुलसीराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी, चरक मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रदीप शर्मा लगायत विभिन्न सहयोगी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

अधिकांश विद्यार्थी कक्षा १२ बाट सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजेको विषयमा बोल्दा युवा पुस्ता विदेशमा पलायन हुन बाध्य भएको देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका थिए । प्रतियोगितामा पहिलो सत्रमा सबैले ३ मिनट आआफ्नो रोजाइको विषयमा बोल्न लगाइएको थियो भने दोस्रो अर्थात् फाइनल सत्रमा ३ वटा विषय दिइएको थियो ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले अब देशमा दक्ष जनशक्ति पाउन मुस्किल भइसकेको बताए । आफ्नो बैंकमा महिनाको ६०/७० हजार तलब खाने कर्मचारी समेत जागिर छोडेर विदेश जाने गरेको र अब बैंकमा काम गर्ने कर्मचारीकै अभाव हुन थालेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…
  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • सामुदायिक बगरमा दोहारिए राम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११…
  • उद्घोषण एवं माहुरीपालन तालिम

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । लेखनाथ उद्योग…
  • जनता सहकारीको साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको पोखरा…

hero news full width