‘ऐँठन’ लाई मदन पुरस्कार र टेकवीरलाई जगदम्बाश्री

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८०
madan-puraskar-2079-announcement

पोखरा । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई प्रदान गरिने भएको छ ।

आइतवार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘ऐँठन’ लाई २०७९ को मदन पुरस्कार दिने निर्णय गरेको हो । ओझाको उपन्यास ‘ऐँठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ ।

बैठकले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित ऐँठन पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दु:स्वप्न र अहिले पनि त्यस दु:स्वप्नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दिक्षितले बताए ।

मदन पुरस्कारका लागि गुठीमा ३ सय १३ पुस्तकहरू परेका थिए । ती मध्येबाट ५ पुस्तकहरू इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुंगेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ का निम्ति छनोट भएका थिए । जसमा ओझाको ऐँठनलाई मदन पुरस्कार दिने निर्णय भएको हो ।

यस्तै चित्रकार टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको गुठीले बताएको छ । अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा श्रष्टालाई मुहारचित्रमार्फत् साहित्यानुरागीमाझ पुर्‍याउन महत्वपूर्ण योगदान दिएकोमा मुखियालाई वर्ष २०७९ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय गरिएको हो ।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा–श्री अर्पण गर्ने गरिन्छ । दुवै पुरस्कार कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • मिस मगरमा म्याग्दीको वर्चश्व

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति…
  • चैतन्यको ‘जुद्ध शमशेरका नाममा’ लोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । कवि चैतन्य अधिकारीले कविता संग्रह ‘जुद्ध शमशेरका नाममा’ प्रकाशनमा ल्याएका छन् । उक्त संग्रहको शनिबार पोखरामा लोकार्पण भयो…
  • यसरी मनाए कलाकारले तीज

    रासस भाद्र २१, २०८१
    काठमाडाै । आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि…
  • कविशिरोमणिको पूर्णकदको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    लेखनाथ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज…
  • मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । मोहन मैनालीको ‘मुकाम रणमैदान’ कृतिले २०८० सालको मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभा…

hero news full width