मनिपालमा तोडफोडमा संलग्न खोज्दै प्रहरी

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८०
Police News Photo

पोखरा । लगभग साम्य भइसकेको मनिपाल घटना पुन: दोहोरिने अवस्थामा पुगेको छ । मनिपाल अस्पताल प्रकरणमा चिकित्सक र मृतक परिवारबीच सहमति भए पनि घटनालाई उग्र बनाउन संलग्न भएका युवालाई कास्की प्रहरीले खोजतलास गरिरहेको छ ।

चिकित्सक र मृतक परिवारबीच ६ बुँदे सहमतिसँगै विवाद साम्य पार्न खोजिए पनि मृतक पक्षका युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ विरुद्ध भएकाले कानुनी उपचारका लागि प्रहरीले खोजी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार अस्पताल तोडफोडमा संलग्न युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ । सोही कारण अस्पताल तोडफोडमा संलग्न युवाहरुलाई तीव्रताकासाथ खोजी गरिरहेको उनले बताए ।

घटना भएको (गत ८ गते) बेलुकी नै मनिपाल शिक्षण अस्पतालले विनय गुरुङसहित करिब (२०/२५ जना) समूहविरुद्ध जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा कास्की प्रहरीले ८ जना पक्राउ गरिसकेको छ । ‘यो घटनामा अन्य व्यक्तिहरुको पनि संग्लनता छ । यसमा अझै हामीले सिसी फुटेज हेरेर पहिचान गर्दैै खोजतलास जारी राखेका छौं’, उनले भने ।

प्रहरीले अस्पातल तोडफोड र चिकित्सकको कुटपिटमा संग्लन विनय गुरुङलाई प्रहरीले सोमबारै पक्राउ गरेको थियो । सिसी टिभी क्यामेराबाट पहिचान गर्दैै शुक्रबार राति तोडफोडमा संग्लन थप ७ जना पक्राउ परे । पोखराको न्युरोडबाट शुक्रबार सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ र प्रदीप गुरुङलाई पक्राउ परेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

कास्की प्रहरीले ३ जनालाई ठूलो परिमाणमा लागुपदार्थ, नगद, मोबाइल, ट्याब्लेटसहित सार्वजनिक गरेको छ

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर पोखराबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको जानकारी दिएको छ । पोखरा १४ चाउथेबाट असोज ७ गते डाइजोपाम, फेनेरागन, नुर्फिन, गाँजा र कोडिङ फस्फेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

लागुऔषधसहित चाउथे बस्ने सन्तोष थापा (स्थायी ठेगाना स्याङ्जा पुतलीबजार–२) र केशबहादुर कुमाल (स्थायी ठेगाना पाल्पा, माथगढी गा.पा–३) लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुको साथबाट १२ सय २ एम्पुल डाइजोपाम, १३ सय ६१ फेनेरागन, ११ सय ३२ एम्पुल नुर्फिन, ३ सय ग्राम गाँजा र ९० ट्याब्लेट कोडिङ फस्फेट बरामद गरिएको उनले बताए । साथै उनीहरुको साथबाट ६ लाख ३२ हजार २ सय १० रुपैयाँसहित मोबाइल ७ वटा र एउटा ट्याब्लेट बरामद गरिएको थियो । उनीहरुलाई लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै असोज ७ गते नै पोखरा १६ दिप बस्ने ४२ वर्षका सन्तोष गुरुङ ३ सय ४९ एम्पुल लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट १ सय १७ एम्पुल डाइजोपाम, १ सय १६ एम्पुल फेनेरागन र १ सय १७ एम्पुल नुर्फिन बरामद गरिएको थियो ।

प्रहरीले चाडपर्व लक्षित योजना पनि तयार गरेको छ । यसका लागि यात्रु सहायता कक्षदेखि ग्रामीण गस्तीसम्मको योजना तयार भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रमुख थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width