पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दै गएको बताएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको बताएका हुन् । गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताए । ‘पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दै गएको छ । अस्पताल तोडफोड गर्न अनि चिकित्सक कुट्न पाइँदैन,’ उनले भने, ‘डाक्टरबाट कमजोरी नै हुन्न भन्ने छैन्, कमजोरी हुनसक्छ । डाक्टरले सबैलाई बचाउन सक्थ्यो भने सबै जना डाक्टर बाँच्थे होला नि ।’ स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उनले बताए । उनले भने, ‘यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौं ।’
उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या रहेको औंल्याउँदै समाधानको पाटो खोज्नु सबैको सामूहिक दायित्व रहेकोमा जोड दिए । उनले आफ्नो पालामा ३ सय ६५ बेड संख्यालाई बढाएर ७ सय ३५ बनाएरै छाड्ने प्रतिबद्धता जनाए । क्यान्सर पीडितहरूका लागि भरतपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर सहुलियत उपचारको प्रक्रिया अघि बढेको उनले बताए ।
सोही कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सरकार र निजी अस्पतालबीच समन्वय हुनुपर्ने बताइन् । उनले जो पीडित छ पहिला उसैको उपचार निशुल्क गरिदिन आग्रह गरिन् । ‘गाडी चढेर सुट लगाएर आउनेलाई गरिबको छुट नदिई एकपटक आफू गरिब निमुखा भएर हेरेर गरिबले पाउने सेवा सुविधा दिनू,’ उनले भनिन् ।
सोमबारसम्म चल्ने समीक्षामा प्रदेशको ११ वटै जिल्लाको प्रतिनिधिहरू पोखरा आएका छन् । उनीहरूले आफ्नो प्रतिवेदन पेस गरी त्यसमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
‘निजी क्षेत्रको पीरमर्का सम्बोधन हुनेछ’
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१