कास्की । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ ।
पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ ।
अस्फाल्ट पिच गर्दा ४ सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए । उनका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि ५ करोडमा ठेक्का सम्झौता भएको छ ।
सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एन्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने छ ।
‘अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ,’ उनले भने । अस्फाल्ट गरिएको सडक ५ देखि ७ वर्षसम्म टिकाउ हुन्छ ।
सडक डिभिजन कार्यालयले पोखराको बिरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट बिरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन ।
पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्युरोड, चिप्लेढुंगालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ ।
सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ । रासस
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०