पोखरा । गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगितामा मदरल्यान्ड माविकी पोखराकी कृतिक पराजुली प्रथम भएकी छन् । साभ नेपाल र फ्रिडम ट्रेनिङ सेन्टरले शनिबार गरेको प्रतियोगितामा अमोर सेवा फेदीखोला स्याङ्जाकी अमृता गुरुङ द्वितीय, शान्ति निकेतन माविकी अदिती पराजुली तृतीय भए । सिर्जना माविका अभय बस्नेत र भानुभक्त माविकी स्वस्तिका क्षेत्री सान्त्वना भए ।
प्रतियोगितामा प्रथमलाई १५, द्वितीयलाई १०, तृतीयलाई ५ र सान्त्वना हुनेलाई २ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको प्रमुख आतिथ्य र साभ नेपालका अध्यक्ष तुलसीराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी, चरक मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रदीप शर्मा लगायत विभिन्न सहयोगी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
अधिकांश विद्यार्थी कक्षा १२ बाट सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजेको विषयमा बोल्दा युवा पुस्ता विदेशमा पलायन हुन बाध्य भएको देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका थिए । प्रतियोगितामा पहिलो सत्रमा सबैले ३ मिनट आआफ्नो रोजाइको विषयमा बोल्न लगाइएको थियो भने दोस्रो अर्थात् फाइनल सत्रमा ३ वटा विषय दिइएको थियो ।
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले अब देशमा दक्ष जनशक्ति पाउन मुस्किल भइसकेको बताए । आफ्नो बैंकमा महिनाको ६०/७० हजार तलब खाने कर्मचारी समेत जागिर छोडेर विदेश जाने गरेको र अब बैंकमा काम गर्ने कर्मचारीकै अभाव हुन थालेको उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
कृषि पढ्ने विद्यार्थी घटे
मदरल्यान्डमा शैक्षणिक सामग्री प्रदर्शनी
कास्की मोडनाइज्डमा युगल नृत्य
लिटल फ्लावरमा पुष्परोपण
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०