पूर्व वडा सदस्य अम्बिकाको अन्त्येष्टि

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८०
ambika bastola

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ का पूर्व वडा सदस्य तथा सामाजिक अभियन्ता भद्रकाली तिमिल्सिना बास्तोला (अम्बिका) को शनिबार सेती नदीमा अन्त्येष्टि भयो ।

पोखरा–११ फूलबारी निवासी बास्तोलाको उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा बिहीबार बिहान निधन भएको थियो । उनी केही वर्ष अघिदेखि अर्बुदबाट पीडित थिइन् ।

अम्बिकाले सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील रही प्रौढ शिक्षा अभियान सञ्चालन गर्नुका साथै सिलाइबुनाइ तालिम सञ्चालन गरी महिलाहरूलाई स्वरोजगार बनाउन उल्लेखनीय योगदान पु¥याएकी थिइन् ।

उनका श्रीमान् टंकनाथ बास्तोला नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि हुन् । उनका एक छोरा सौरभ र दुई छोरी सुजाता र अस्मिता रहेका छन् ।
अम्बिकाको अत्येष्टिमा नेपाली कांग्रेस नेता तथा कार्यकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं शुभचिन्तकको ठूलो सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width