पोखरा । नेपाल हाप्किदो संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले खेमबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा कृष्णप्रसाद कोइराला र खरमाया बिटालु जुग्जाली, सचिव ओमकार थापा र कोषाध्यक्ष मदनबहादुर जिसी छन् । सदस्यमा नरेन्द्रकुमार कार्की, श्यामबहादुर श्रेष्ठ, भीमबहादुर कुँवर, सवि शेरचन, बिनाकुमारी पुन, दिनेशमणि लामिछाने, अजिम बक्स मियाँ र कृति गिरी छन् ।
अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्घाटन गर्दै स्वास्थ र अनुशासित जीवनका लागि खेलकुद महत्वपूर्ण रहेको बताए । हाप्किदो संघको लागि कार्यालय व्यवस्थापन लगायतका कार्यमा आफूले पहल गर्ने उनको प्रतिबद्धता थियो । उनले खेलाडीका लागि प्रशिक्षण भवनको पनि आवश्यकता रहेको बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका निमित्त सदस्यसचिव केशव पाठकले खेलाडीलाई आत्मनिर्भर बनाउने संघको लक्ष्य प्रशंसनीय रहेको उल्लेख गर्दै परिषद्ले खेलकुद प्रतियोगितामा सक्दो सहयोग पुर्याउँदैआएको बताए ।
नेपाल हाप्किदो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले स्वास्थ्य तथा सहज जीवनका लागि हाप्किदो महत्वपूर्ण रहेको बताउँदै संघमा गण्डकीको उत्साहजनक सहभागिता रहेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रदेश खेलकुद परिषद्का कार्यकारिणी सदस्य तारामाया थापा, हक्की संघ प्रदेश अध्यक्ष दीपक थापा, हाप्किदो संघका प्रमुख प्रशिक्षक प्रवीण गुरुङले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्षको आसनबाट बोल्दै संघ गण्डकीका अध्यक्ष खेमबहादुर गुरुङले संघका गतिविधिका साथै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । यसैगरी कोषाध्यक्ष मदन जिस्ीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
संघ उपाध्यक्ष कृष्ण कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपाध्यक्ष खरमाया बिटालु जुग्जालीले धन्यवाद ज्ञापन तथा सदस्य अजिम बक्स मियाँले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
युनिप्स खेल महोत्सव उद्घाटन आज
आइटिएफ जे–३० टेनिस जारी
युनिप्स खेल महोत्सव
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
हिसान स्पोर्टस् मिटमा ८ हजार विद्यार्थी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०