पोखरा । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको १७ औ वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले सचिव विष्णुप्रसाद अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभामा शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष सुरेन्द्र थापामगरले सुशासन तथा सदाचार प्रवद्र्धनका लागि संस्थाले महत्वपूर्ण कार्य गरेको बताए । उनले संस्था अझै प्रभावशाली भएर जनसरोकारका विषयमा वकालत गर्नुपर्ने सुझाव राखे । पूर्व अध्यक्ष पुण्य पौडेलले देशमा भ्रष्टाचार बढेका कारण संस्थाको महत्व थप बढेको बताए । संस्थाका कार्यक्रम अझै बढाउनुपर्नेमा पौडेलको जोड थियो । सुनासका अध्यक्ष रवीन्द्रनाथ बास्तेलाले सुनास अझै परिस्कृत भएर भ्रष्टाचार विरूद्धको अभियानमा उभिने प्रतिवद्धता राखे । राजनीतिक र प्रशासनिक क्षेत्रमा सुशासन काम राख्न नागरिकको थप खबरदारी आवश्यक रहेको कारण संस्था त्यसतर्फ लाग्ने अध्यक्ष बास्तोलाको भनाइ थियो ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सुशासन र सदाचार सम्वन्धी चेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव राखे । संस्थाका उपाध्यक्ष सिरोजविजय कोइरालाले स्वागत मन्तव्य राखेकोे कार्यक्रममा कार्यकारी अधिकृत भानु पराजुलीले संस्थामार्फत् भएका कार्यक्रमको उपलव्धिका बारेमा सदस्यहरुलाई जानकारी गराए । सभामा साधरण सदस्यहरुले संस्था अझै सशक्त भएर जनसरोकारका विषयमा नागरिक पैरवी गर्नुपर्नै सुझाव राखेका थिए । २०६५ सालमा कास्कीमा स्थापना भएको संस्था सुनासले गण्डकी प्रदेशमा भ्रष्टाचार विरुद्ध विभिन्न सचेतना र दबाबमूलक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सुनासका पुर्वअध्यक्ष सुन्दर गुरुङसहित ३५ साधारण सदस्यको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
गोरखामा मनाइयो मकै सुकाउने पर्व
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०