तस्बिर : रासस
पोखरा । मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले सहयोग प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी शनबिार स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलाङ्चुङ्गोला नाका पनि चाँडै सञ्चालनमा ल्याउने विषयमा द्विपक्षीय छलफल भएको जानकारी दिए ।
नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडानका लागि दुई देशका उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले बताए ।
तिब्बत र नेपाललाई रेल, सडक, हवाई सेवा, विद्युत् प्रसारण लाइन, सूचनामार्ग सबै क्षेत्रबाट जोडेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने तथा ल्हासाबाट काठमाडौं हवाई सेवा पुनः सञ्चालन गर्नसमेत चिनियाँ पक्षलाई अनुरोध गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका थिए ।
चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरेका हुन् ।
खेदकुदको उद्घाटन समारोह अघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रपति सी चिनफिङसँग अत्यन्त हार्दिक र सौहार्दपूर्ण वातावरणमा भएको द्विपक्षीय वार्तामा दुवै देशमा विद्यमान अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा सघन छलफल भयो ।’
भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।
दुई देशबीचको रहेको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
‘नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सो विषयलाई पुनःपुष्टि गर्दै नेपाल–चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ दरिलो, अझ प्रगाढ र अझ उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो ।’
चीनले गरिबी निवारण र आर्थिक समृद्धिका क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिइ चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने विषयमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले चीनको पूर्ण समर्थन रहने बताएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
भ्रमणका क्रममा यही सेप्टेम्बर २४ मा दिन चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्तालाई आह्वान गरेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
सो सम्मेलनमा आफूले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनालाई मूर्तरूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराएको उनको भनाइ छ । सम्मेलनमा चीन सरकारका प्रतिनिधिको सकारात्मक सन्देश र उद्योगी व्यापारीको उत्साहजनक सहभागिता थियो ।
नेपाली राजदूतावासमा नेपाली र नेपालका शुभेच्छुक चिनियाँहरू सहभागिता रहेको स्वागत समारोहमा सरिक भई आफूले नेपाल–चीन सम्बन्धको वर्तमान अवस्था र सम्बन्ध सुदृढ गर्न सरकारले चालेका कदमका बारेमा जानकारी गराएको उनको भनाइ छ । दुई देशबीच समझदारीको कार्यान्वयनलगायत सम्बन्ध विस्तारका समग्र पक्षमा सक्रियरूपमा काम गर्न दूतावासलाई प्रधानमन्त्रीको हैसियतामा निर्देशन आफूले दिएको उनले उल्लेख गरे ।
चिनियाँ समकक्षी लि छियाङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ताका क्रममा सहकार्यका विविध विषयमा सविस्तार छलफल भएको र त्यसबारेमा दुई देशबाट जारी संयुक्त वक्तव्यमा समेत स्पष्ट जानकारी भइसकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
द्विपक्षीय वार्ता नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध परम्परागत सीमा नाकाको पुनःसञ्चालन, नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
यस्तै, विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्दै द्विपक्षीय व्यापार विस्तार गर्ने, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सहरबाट हवाई सेवा विस्तार गर्नेलगायतका विषयमा समेत गहन छलफल भएको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०गण्डकीको दोस्रो आवधिक योजनामा सांसदको सुुझाव : नारा हैन योजनाको मोडल फेरौं
मंसिर १०, २०८०