सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८०
walling Gaumutra 3

वालिङ।  स्याङ्जाको वालिङमा सोह्र श्राद्धलाई लक्ष्य गरी टोल टोलमा गाईको मुत्र र गोबर वितरण गरिएको छ ।

आफ्ना दिवंगत पितृहरुको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यमा गाईको गोबर र मुत्र अनिवार्य भएकाले धुनी शिवालय गुठी गौशाला आश्रम र विश्व हिन्दु संघ स्याङ्जाले वालिङका विभिन्न टोल टोलमा गौमुत्र र गोबर उपलब्ध गराएको हो ।

वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले धार्मिक एवं वैज्ञानिक दृष्टिले गाईको उपयोगी भएको भन्दै गाईको संरक्षणकालागि नगरपालिकाले सहयोग गर्दै आएको बताइन् । जहाँ धर्मसँग जोडिएका कार्यहरु हुन्छन् त्यहाँ अनियमितता नहुने र नैतिकता हुने दाबी उनको छ । टोल टोलमा गौमुत्र निशुल्करुपमा उपलब्ध गराउनाले धार्मिक र सांस्कृतिक महत्वको संरक्षणमा टेवा पुग्ने विश्वास उनको छ ।

धार्मिक तथा वैज्ञानिक दृष्टिले गोप्रदत्त वस्तुहरुको महत्व रहेकाले सोह« श्राद्धलाई लक्ष्य गरेर गाईको मुत्र र गोबरलाई छुट्टाछुट्टै पोका बनाएर निशुल्क उपलब्ध गराएको निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘सोह« श्राद्धका समयमा पितृ कार्यमा आवश्यक पर्ने मुत्र तथा गोबरको व्यवस्थापन गर्न बजारमा गाई पाल्न छाडेकाले समस्या हुने गरेको छ,’ उनले भने, ‘वालिङ ८ काफलडाँडामा रहेको गौशालाबाट स्थानीय जातका गाईको मुत्र र गोबर संकलन गरी टोल टोलमा लगेर निशुल्क वितरण गरिएको हो ।’

पछिल्लो समय घर–घरमा गाई पाल्न छाडेकाले पितृ कार्यहरुमा शुद्धाशुद्धिका लागि पनि गाईको मुत्र र गोबर अत्यावश्यक हुने भएकाले गौशालाबाट बजारका टोल टोलमा गौमुत्र वितरण गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले बताए ।

‘हिन्दु संस्कार अनुसार धार्मिक कार्यहरुमा गाईको महत्व छ, गौमुत्र, गोबरको उत्तिकै महत्व छ,’ उनले भने, ‘पर्सि शनिबारदेखि आफ्ना दिवंगत पितृहरुको स्मरणमा सोह« दिनसम्म श्रद्धा र सम्मानस्वरुप श्राद्ध गर्ने परम्परा रहेको छ तर गाईको मुत्र र गोबर सहजरुपमा नपाइने भएकाले टोल टोलमै लगेर इच्छुकहरुलाई वितरण गरेका हौं ।’
गौमाताको संरक्षण गर्न, सोह्र श्राद्धमा पितृ उद्दारको लागि गौमुत्र र गोबर मिसाई पञ्चगव्य निर्माण गर्नाले धार्मिक, सांस्कृतिक एवं वैज्ञानिक दृष्टिले उपयोगी हुने भएकाले यसको महत्वलाई जोगाइ राख्नका लागि पनि वितरण गरिएको विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले बताए । शनिबारदेखि सोह्र श्राद्ध सुरु हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width