पोखरा । पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ । उनको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४ः२७ बजे निधन भएको उनका साथी केशव थापाले बताए । उनी ७६ वर्षका थिए ।
केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए । फेरि उनलाई समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो । उनलाई मुटुसम्बन्धी समस्या रहेको केदारेश्वर मन्दिर सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले बताए ।
लेकसाइडको बेसक्याम्प रिसोर्ट (हाल-लेकसाइड रिर्टिट) का संचालक उनी समाजसेवी र इतिहासका जानकार थिए । विश्व हिन्दू महासंघ नेपालका पूर्व सचिव उनी केदारेश्वर मन्दिर सेवाश्रम समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवं हालका सल्लाहकार थिए । उनका श्रीमती तुमला श्रेष्ठसहित २ छोरा र १ छोरी छन् ।
श्रेष्ठको परिवार नेपालको पूर्वी भोजपुरको ताङवाबाट पोखरा आएको थियो । हाल उनी घारीपाटन बस्दै आएका थिए ।
यसैबीच, श्रेष्ठको निधनमा विश्व हिन्दू महासंघ नेपाल लगायत संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।
उनको निधनप्रति प्रेस स्वन्त्रता सेनानी बद्रीविनोद प्रतीक लेख्छन्, ‘नेपाल सरकारको अधिकृत पदबाट राजीनामा दिई तीसको दशकमै बेसक्याम्प रिसोर्ट संचालन गरेर पोखराको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पु¥याउनुभएका श्रेष्ठको निधनले नेपालको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको छ ।’
Related News
सम्बन्धित समाचार
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०