पोखरा। पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा पोखरामा पहिलो पटक आर्किटेक्चर शोधकार्य प्रदर्शनी–२०२३ हुने भएको छ । असोज १२ गते शुक्रबार एक दिन प्रदर्शनी हुन लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
पोखराको लेकसाइड (हल्लनचोक नजिक) मा बिहान १० बजेदेखि ७ बजेसम्म कार्यक्रम आयोजना हुने कलेजका प्रशासक चिजकाजी गुरुङले जानकारी दिए । कलेजमा स्नातक तह अन्तिम वर्षका विद्यार्थीद्वारा गरिएका शोधकार्यको सिर्जना सार्वजनिक गर्दै थप हौसला प्रदान गर्न प्रदर्शनी आयोजना गरिएको उनले बताए । साथै, उक्त सिर्जनाहरुको व्यावसायिक उपयोगिताको प्रवद्र्धनका लागि विभिन्न उद्योग, व्यावसाय, निर्माण कम्पनी शैक्षिक संस्था तथा अन्य सरोकारवाल क्षेत्रका व्याक्तिहरुलाई अवलोक गराउनु अर्को उद्देश्य रहेको उनले सुनाए । विद्यार्थीहरुले तयार पारेका मोडल, भिडियो तथा तस्विर प्रदर्शन गरिने भएको हो ।
उक्त प्रदर्शनीमा क्रिकेट स्टेडियम, फुटबल स्टेडियम, इन्टरनेसनल स्कुल, सिनेमा सेन्टर, इको रिसोर्ट, पब्लिक लाइब्रेररी लगायत अन्य २२ संरचनाको आर्किटेक्चर मोडल प्रस्तुत गरिने क्याम्पसका प्रिन्सिपल सोम गुरुङले बताए । कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, इन्जिनियरिङ र आर्किटेक्चर पेसाकर्मी, सरकारी कर्मचारी, उद्योगी व्यावसायी लगायत ३ देखि ४ हजारले सहभागिता जनाउने कलेजकी आर्किटेक्चर विभागीय प्रमुख समीक्षा कँडेलले जानकारी दिइन् । यसका लागि पोखरा र पोखराभन्दा बाहिरका ८० भन्दा बढी कलेजसँग विभिन्न संघसंस्थालाई पत्राचार गरिसकिएको उनले बताइन् ।
कार्यक्रमले प्राविधिक र सामाजिक उत्थानमा सहयोग गर्ने, नयाँ प्रविधि र राज्यको दिगो विकासमा सहयोग गर्ने, व्यावसायिक संघसंस्था, आर्किटेक्चर पेसाकर्मी र विद्यार्थीबीचमा सहकार्यसँगै नेटवर्किङलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
कृषि पढ्ने विद्यार्थी घटे
मदरल्यान्डमा शैक्षणिक सामग्री प्रदर्शनी
कास्की मोडनाइज्डमा युगल नृत्य
लिटल फ्लावरमा पुष्परोपण
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०