पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाइनीबीच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए । साथै उनले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग पनि यस क्षेत्रमा आवश्यक भएको बताए ।
जिविकोपार्जनका क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उनले भने, ‘ ‘बसाईंसराई रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौं ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु व्यावसायिक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।
भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन विभागका उप सहायक सचिव वाइनीले विगतदेखि नेपाल र अमेरिकी सरकारबीचको सम्बन्ध अहिले पनि सौहार्द रहेको भन्दै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताइन । साथै उनले पहिलो पटक पोखरा आएको र यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफूलाई पनि निकै सुन्दर लागेको बताइन् ।
भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, सुद्ध पिउने पानी र सरसफाई, स्वास्थ्य, साक्षरता, जिविकोपार्जन, दिगो आर्थिक बिकासको अवस्था र सम्भावनाका बारेमा जानकारी गराए ।
भेटघाटमा प्रदेशसँगको संम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा कुराकानी भएको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०