लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

आदर्श समाज सम्वाददाता
असाेज ११, २०८०
Kutani pisanisf

लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा तथा छैटौं अधिवेशनले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।

१ जना सदस्य पछि थप गर्ने गरी गठित समितिको उपाध्यक्ष सुधनराज अधिकारी, सचिव कृष्ण पौडेल, सह–सचिव तेजकुमारी शाही राणा, कोषाध्यक्ष संगीता बाँस्तोला चयन भए । सदस्यहरु बलप्रसाद पौडेल, तारानाथ भट्टराई, मेखबहादुर गुरुङ, भुवन तिवारी र रीता नेपाली छन् ।

अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिँदै लामिछानेले संस्थाका विभिन्न कार्यक्रम र कार्ययोजनालाई समयसापेक्ष परिमार्जन गर्दै व्यवसायमा आधुनिकीकरण गर्ने प्रयासमा आफू लाग्ने र सम्पूर्ण कुटानी पिसानी व्यवसायीको शिर कहिल्यै नझुक्ने गरी सबैलाई समेटेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले संघ सम्पूर्ण उद्योगी व्यवसायीहरुको साझा संस्था भएको बताउँदै संस्थागत सदस्यको रुपमा आबद्ध हुन आग्रह गरे ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामजी पौडेल, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल, संस्थाका सल्लाहकार टीकाप्रसाद खनाल, कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेल, व्यवसायीको तर्फबाट वीरेन्द्र बानिया लगायतले बोलेका थिए ।

यसैबीच लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष टीकाराम भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुधनराज अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width