पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

आदर्श समाज सम्वाददाता
असाेज ११, २०८०
imm news for all

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन हुने भएको छ ।

सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो ।

पर्यटन दिवस अवसरमा संग्रहालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्बिर प्रदर्शनमा राखिएको हो । ‘यहाँ राखिएका तस्बिर आमाछोरीले फरकफरक समयमा खिचेका हुन् । सबै फोटोमा के पाइन्छ भने, जुनसुकै हिमाली क्षेत्र भए पनि एकैप्रकारको जीवनशैली हुने रहेछ,’ इसिमोडकी अस्मिता शाक्यले भनिन्, ‘अब पर्वतीय संग्रहालय आउने सबैले फरकफरक भूगोलका हिमाली भेगको रहनसहन तुलना गरिएको तस्बिर पनि हेर्न पाउनेछन् ।’

साथै पर्यटन दिवसकै अवसरमा संग्रहालयमा विभिन्न चराचुरुंगी, सिमसार क्षेत्रबारे जानकारी दिने उद्देश्यले बनाइएको थ्रिडी तस्बिरसमेत सुरुआत गरिएको छ । उक्त तस्बिरबाट चराचुरुंगीबारे रुचि राख्नेहरु जानकारी लिन सक्ने संग्रहालयले जनाएको छ ।

संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्यावरण संरक्षण सचेतनाका लागि अतिथिलाई बिरुवा उपहार दिइन् ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा आफू विश्वका अन्य ठाउँका पर्वतीय संग्रहालय पनि पुगेको तर, नेपालको जस्तो परिपक्व अन्त नदेखेको दाबी गर्छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धिताल गण्डकीकोे पर्यटन विकासका लागि प्रदेश सधैं सकारात्मक रहेको बताए । उनले गण्डकीको मुख्य आर्थिक स्रोत नै पर्यटन भएकाले यसलाई अझै सुधार्दै लैजानुपर्ने बताए ।

संग्रहालयका कार्यकारी निर्देशक न्यौपानेले अघिल्लो आर्थिक वर्षमा २ लाख ७५ हजार जनाले संग्रहालय अवलोकन गरेको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width

trending post

ट्रेन्डिङ्ग