पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
गैरसरकारी संस्थाले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेका सेवा र उपलब्धिबारे जानकारी लिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न २० संस्थाले आफ्ना गतिविधिबारे जानकारी दिए ।
सरकार र गैरसरकारी संस्थाबीच तालमेल नहुँदा सेवाप्रवाहमा कतै अभाव र कतै आवश्यकताभन्दा बढी हुने गरेको अवस्था मध्यनजर गर्दै कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्दा सरकारलाई गाली मात्रै गर्नु राम्रो नभएको बताइन् । ‘सरकार र गैरसरकारी संस्थाले काम गर्ने जनताको लागि नै हो तर गैरसरकारी संस्थाले सरकारको आलोचना मात्रै गर्नु राम्रो होइन,’ उनले भनिन्, ‘गैरसरकारी संस्थाले गरेको काममा पनि जनताले सरकारको अनुभूति हुने गरी काम गर्नुपर्छ ।’ उनले आफू गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि अभिभावकीय भूमिका निर्वाह गर्न तयार गरेको भन्दै सरकारसँग समन्वय गरी काम गर्न आग्रह गरे ।
उनले सरकारले गैरसरकारी संस्थालाई र गैरसरकारी संस्थाले सरकारलाई शंका गर्न नहुने भन्दै सरकारको सहयोगी बन्न आग्रह गरिन् ।
मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले गण्डकी प्रदेशमा नवजात शिशुको मृत्युदर घटाउन र आमाको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले स्वास्थ्य क्षेत्रमा एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिँदै गण्डकी प्रदेशमा सहयोगी संस्थाको संख्या बढेकोमा खुसी व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०