लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १ फलफूल तथा तरकारी पसलाई कारबाही गरेको हो ।
पर्यटन तथा उद्योग कार्यालयको अगुवाइ गरिएको संयुक्त बजार अनुगमनमा शेरा बजार क्षेत्रमा सञ्चालित १० पसल अनुगमन गर्दा ३ पसललाई पहिलो पटक नैसियतस्वरुप २ हजार रुपैयाँ दरले जरिवाना गरिएको कार्यालय प्रमुख मिताकुमारी थापाले बताइन् । उनका अनुसार दर्ताबिना सञ्चालनमा रहेका, नवीकरण नगरेका लगायतका मापदण्ड नपुगेको ३ पसललाई जरिवाना गरिएको हो । उनले भनिन्, ‘यसअघि गरिएको बजार अनुगमनका क्रममा दिइएका सुझाव बेवास्ता गरेको, मापदण्डबिनै पसल सञ्चालन गरेको पाइएकाले जरिवाना गरिएको छ ।’
दर्ताबिना सञ्चालनमा रहेका, नवीकरण नगरेकालगायत मापदण्ड नपुगेका पसल २ दरले कारबाही
चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले यहाँका कुनै पनि बजार क्षेत्रमा कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यबृद्धि जस्ता कार्य हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयका साथ निर्देशन गरेअनुसार अनुगमन थालेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए । उनका अनुसार बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र बिक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालासँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइने छ । उनले भने, ‘कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यबृद्धि जस्ता कार्य हुन नदिन नियामक निकाय र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी रूपमा बजार अनुगमन गरिने छ ।’ अनुमगनका क्रममा उद्योगी/व्यापारीहरूलाई अनिवार्य उपभोक्ता मूल्यसूची राख्न लगाइएको उनले बताए ।
पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्र, लमजुङ उद्योगा वाणिज्य संघका कोषाध्यक्ष शिवराम सिलवाल, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङ, जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी सहायक निरीक्षक लक्ष्मी श्रेष्ठ लगायत सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०