Exif_JPEG_420
हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले राष्ट्रका निम्ति काम गरेर अवकाशपछि संस्था सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थामध्ये नमुना सहकारी भएको बताए ।
कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक हरिप्रसाद त्रिपाठी, नेपाल भूपू सैनिक संघ कास्की अध्यक्ष बलराम पौडेल र शिक्षा उपसमिति सदस्य पार्वती थापा बानियाँले शुभकामना दिए । सो अवसरमा उत्कृष्ट बचतमा देवुमाया तिमिल्सिना र उत्कृष्ट कर्जामा लक्ष्मण विक सम्मानित भए ।
कार्यक्रममा सचिव शेरबहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामबहादुर कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको छ । संस्थाको सेयर पुँजी ३ करोड ३६ लाख रहेकोमा निक्षेप संकलन ६ करोड २० लाख ५१ हजार छ । ऋण लगानी ८ करोड ८७ लाख २७ हजार रहेको संस्थाका व्यवस्थापक प्रेमराज तिमिल्सिनाले बताए । सहसचिव पार्वती थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहायक व्यवस्थापक दुर्गा तिमिल्सिनाले सहकारीका ७ सिद्धान्त वाचन गरिन् ।
संस्थाका अध्यक्ष सुरेशबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर कार्कीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०