लमजुङ । लोक तथा दोहोरी गायिका पवित्रा थापा रानालाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको २२ औं वार्षिक साधारण सभामा थापारानालाई सम्मान गरिएको हो । उनलाई प्रतिष्ठानका केन्द्रीय सचिव शंकर बिरही गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीलगायतले सम्मान गरेका हुन् ।
उनले ‘हितको परानी … ’, ‘सालैको पातैले … ’, ‘सलल बग्यो गण्डकी …’, ‘श्रीखण्ड चन्दन…’ , ‘डोरीको तीन फुँदा…’, ‘भीरको टुनी होला….’ लगायत दर्जनौं लोकप्रिय गीत प्रस्तुत गरी मौलिक कला र संस्कृतिको श्रीवृद्धिमा योगदान पुर्याएकोमा सम्मान गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताए । बेंसीसहर नगरपालिका– ८ का अध्यक्ष समेत रहेकी पवित्रा प्रतिष्ठानको पूर्व जिल्ला उपाध्यक्ष समेत रहेको अधिकारीले बताए ।
प्रतिष्ठानका केन्द्रीय सचिव शंकर बिरही गुरुङले लोकसंगीत नेपालको धरोहर रहेको भन्दै पछिल्लो समय लोक तथा दोहोरी गीतमा उच्छृंखल शब्दहरू राख्न थालिएकोप्रति लोक तथा दोहोरी गीतका सर्जकहरू संयमित हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तारानाथ आचार्य, वरिष्ठ लोक गायिका माया गुरुङ, लमजुङ शाखाका संस्थापक अध्यक्ष खेम गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण शर्मा, वृत्तचित्र निर्देशक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेलगायतको सहभागी थिए । कार्यक्रममा प्रीति गिरीले स्वागत मन्तव्य, पूजा परियार शेर्पाले स्वागत गीत प्रस्तुत गरेका थिए भने सञ्चालन प्रतिष्ठानका सचिव प्रशान्त तामाङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ॐ कैलाश शिवढुंगा शिवशक्ति महापीठधामले स्मारिका प्रकाशन गर्ने
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
केपी ओली कप : उपाधिका लागि आर्मी र मधेश भिड्ने
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०