पोखरा । संगीतकार बिपी वाग्लेद्वारा संगीतवद्ध पर्यटन प्रवद्र्धनसम्बन्धी ‘नेपाल हेर्न जाऊँ’ बोलको बालगीत तथा भिडियो लोकार्पण भएको छ ।
नेपाली समुदायबीच लोकप्रिय अमेरिकाको टेक्सास राज्यका प्रतिनिधि सलमान भोजनीले नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि ललितपुरमा आयोजित एक समारोहमा उक्त भिडियो लोकार्पण गरेका हुन् । वाग्लेको संगीतमा नेपालको मुख्य–मुख्य पर्यटकीय क्षेत्रहरु समेटिएको फरक स्वादको यो बालगीत हो ।
वरिष्ठ गीतकार डा. भोला रिजालको शब्द रचना रहेको गीतमा सदाबहार गायक भद्र वली, बालप्रतिभा सरगम भट्टराई र विदित अधिकारीको स्वर छ । गीत/भिडियोमा एनिमेसन अवधारणा छ । जसबाट बालबालिकालाई प्रशस्त मनोरञ्जन साथ साथै नयाँ अनुभव गर्न एवं रमाउँदै केही सिक्न पनि प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
सांसद भोजानीले पहिलो चोटी नेपाल आएको र यति राम्रो कार्यक्रममा सुन्दर गीत पनि सार्वजनिक गर्ने अवसर मिलेकोमा धन्यवाद दिए । उनले यो गीतको भिडियोमा अंग्रेजी सवटाइटल गर्न सके संसारभरका बालबालिकाका लागि नेपाली संस्कृति, एवं पर्यटकीय क्षेत्रहरुको बारेमा जान्ने अवसर मिल्ने सुझाव दिए ।
कार्यक्रममा डा. भोला रिजालले ऊर्जाशील युवा संगीतकार बिपी वाग्लेसँंग आफू निरन्तर सहकार्यमा रहेको बताए । कार्यक्रममा वरिष्ठ संगीतकार एवं म्यूजिक रोयल्टी कलेक्सन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारी, लेखक एवं नेपाल टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता दीपक समीर आचार्य, नेपाल सेन्टर इन्टरनेसनलका अध्यक्ष निर्मलकुमार थापा, म्यूजिक रोयल्टी कलेक्सन सोसाइटी नेपालका महासचिव बि. पाण्डेलगायतले बोलेका थिए ।
मिसन इन्टरटेनमेण्ट र नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको उक्त कार्यक्रमलाई सञ्चारकर्मी विनोद पोखरेलले सञ्चालन गरेका थिए । गीत तथा भिडियो निर्माण मिसन इन्टरटेनमेन्टको हो ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०