काठमाडौं । १५ औं काठमाडौं म्याराथनका लागि इनड्राइभसले सहकार्य गरेको छ । २७ असोजमा दशरथ रंगशालामा सुरु हुने म्याराथनमा सहभागीले फूल म्याराथन, हाफ म्याराथन, र सबै उमेरका लागि फन रनसहित विभिन्न श्रेणीहरूमा सहभागिता जनाउन सक्नेछन् ।
एनआरएस स्पोट्र्स फाउन्डेसनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख स्पोट्र्स इभेन्ट हो । यस वर्ष इनड्राइभले कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको जनाएको ।
म्याराथनका लागि समर्थनको अतिरिक्त, इनड्राइभले एथलीट र कोच दुवैको ट्रेनिङका लागि समर्थन गरेर स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राख्ने विश्वास छ ।
राइड–हेलिङ (एपिएसी) इनड्राइभका निर्देशक श्री रोमन एर्मोसिनले भने, ‘नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दुरीका धावकरूको सहयोग गर्ने उद्देश्यले गरिएको नयाँ पहललाई समर्थन गर्न दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्टस् फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं ।’ उनका अनुसार तालिम काठमाडौं उपत्यकाका साथै थिमी, हेटौंडा, बुटवल र पोखरामा भविश्यमा अन्य सहरहरूमा विस्तार गर्ने योजनाका साथ सञ्चालन भइरहेको छ । म्याराथनमा स्लटहरू उपलब्ध गराएर, यस अवसरमा युवा र अण्डरप्रिभिलेज रनर्सलाई अगाडि बढाउन इनड्राइभले ३ सयभन्दा बढी खेलाडीहरूलाई सहयोग गरेको छ । यो पहल इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा हो ।
इनड्राइभस एक ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म हो ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०