पोखरा । हेमजामा आगामी कात्तिक ११ देखि १८ गतेसम्म हुन लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप विजेता समूहले ६ लाख ५५ नगदका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उपविजेताले ३ लाख ५५ नगदका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधित गोलकर्ताले २५ हजार, फेयर प्लेयरले २५ हजार नगद हात पार्नेछन् । अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई जनही २० हजार र म्यान अफ दि म्याच हुन सफल खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजक हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीले बताए । गोल्डकपको प्रारम्भिक तयारी स्वरुप क्लबका निवर्तमान अध्यक्ष इन्द्रबहादुर कुँवरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा विदेशी १, आयोजक समूहसहित ८ टिम सहभागी हुने संयोजक कुँवरले जानकारी दिए । प्रतियोगिताबाट बचेको ५० प्रतिशत रकम हेमजा युनाइटेड एकेडेमी सञ्चालानार्थ खर्च गरिनेछ ।
Related News
सम्बन्धित समाचार
युनिप्स खेल महोत्सव उद्घाटन आज
आइटिएफ जे–३० टेनिस जारी
युनिप्स खेल महोत्सव
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
हिसान स्पोर्टस् मिटमा ८ हजार विद्यार्थी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०