सिद्ध फलेपाटन सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८०
siddha falepatan

पोखरा । पोखरा १५, ढुुंगसाँधुस्थित फलेपाटन चोकमा रहेको सिद्ध फलेपाटन बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा भयो ।

राष्ट्रिय परोपकार महांसघ नेपालका केन्द्रीय अध्यक्ष एवं संस्थाका सल्लाहकार भागवत्भास्कर पं.कमलनयन गौतमले कार्यक्रम उद्घाटन गरेका थिए । उनले संस्था स्थापनाको छोटो समयमै उल्लेख्य सेयर सदस्य हुनु र संस्था सञ्चालनमा सबै सेयर सदस्यको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाले सहकारी जनभावना अनुसार चल्नु र सेयर सदस्यले सहकारीलाई विश्वास गर्न सकेमा संस्थालाई राम्रो बाटोमा लैजाने बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार रोमबहादुर भण्डारी, लुम्बिनी विकास बैंक लि. रामबजार शाखा प्रमुख बालकृष्ण वन, सिद्वेश्वर भजन मण्डल तथा संरक्षण समिति अध्यक्ष हरिबहादुर थापा र सेयर सदस्य रामेश्वर बानियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थामा उत्कृष्ट बचतकर्ता सेयर सदस्य प्रभा भण्डारी र माया लौडारीलाई सम्मान गरिएको थियो भने संस्थामा उत्कृष्ट ऋण कारोबार गर्ने सेयर सदस्य मानबहादुर सार्की र कृष्णप्रसाद सापकोटालाई सम्मान गरिएको थियोे । संस्थाका अध्यक्ष लीलाबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर भण्डारीले स्वागत र सचिव मोहनबहादुर भण्डारीले सञ्चालन गरेका थिए ।

संस्थाका अध्यक्ष लिला बहादुर भण्डारी, सचिव मोहन बहादुर भण्डारी, कोषाध्यक्ष प्रेम प्रसाद पोख्रेल, र लेखा सुपरीवेक्षण समिति संयोजक बिरन्जी गौतमले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो । संस्थामा हाल ५ सय ८ सेयर सदस्य रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित

    विजय नेपाल मंसिर १४, २०८०
    पोखरा । गाउँमै पहिलो पल्ट सुन्तला महोत्सव हुने भएपछि पाल्पाको रिब्दिकोट–७, मैनादीका कृषक उत्साहित भएका छन् । सुन्तला खेती गर्ने…
  • स्वाभिमान सहकारीमा साराबहादुर

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । स्वाभिमान बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुुर रेग्मीको…
  • युनिप्स खेल महोत्सव उद्घाटन आज

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा पाँचौं युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार फुटबल, कबड्डी, खोखोका…
  • शिशु कल्याणमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । पोखरा १७ छोरेपाटनस्थित शिशुकल्याण इङ्लिस स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष…
  • पाल्पाली सहकारी र मणिपालबीच सम्झौता

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०८०
    पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र मणिपाल शिक्षण अस्पतालबीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा सम्झौता भएको छ । अस्पतालले…

hero news full width