गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८०
redcross

पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले रेडक्रस पवित्र संस्था भएको उल्लेख गर्दै रेडक्रसको मर्मलाई आमजनसमुदायमा पुर्‍याउनुपर्ने औंल्याए । उनले डेंगु लगायतका रोगबाट बच्न सचेतना आवश्यक रहेको चर्चा पनि गरे ।

सर्कलका शिक्षक नायक बुद्धिप्रसाद बास्तोलाले विद्यार्थीलाई रेडक्रस अभियानमा जोडिन सुझाव दिँदै रेडक्रस मानव कल्याणकारी अभियान भएको तर्क गरे । रेडक्रस सोसाइटी कास्कीका कर्मचारी सुनिता पौडेलले पछिल्लो समय डेंगुबाट धेरै मानिस पीडित भएको बताउँदै लामखुट्टे टोकाइबाट बच्नुपर्ने बताइन् ।

त्यस अवसरमा रेडक्रस कर्मचारी नवराज भण्डारी, सर्कल अध्यक्ष सुगम ढुंगाना, उपाध्यक्ष सीता सिर्पाली, सचिव धनदेवी जिसी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width