ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

आदर्श समाज सम्वाददाता
असाेज ९, २०८०
beauty

पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको आवश्यकता मूल नाराका साथ साधारणसभा भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी अध्यक्ष सौन्दर्यकर्मी चिनु गुरुङले कार्यक्रम उद्घाटन गर्दै व्युटिसियनहरु दैनिक रुपमा केमिकलसँग खेल्नुपर्ने भएकोले यसको प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । उनले हेयर स्ट्रेटमा प्रयोग हुने केमिकल प्रयोगमा ध्यान दिन र सेवाग्राहीलाई समान मूल्यको व्यवस्था गर्न सुुझाव दिइन् ।

नेवा पत्रकार पुच: कास्की अध्यक्ष अनिशा श्रेष्ठले सौन्दर्य क्षेत्रप्रति मानिसहरुको दृष्टिकोण सकारात्मक बन्दै गएको बताइन् । व्युटिसियन पेसा अपनाएर अहिले महिलाहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आर्थिक समृद्धि हासिल गरेको बताइन्।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिले भाग लिएका थिए । सो अवसरमा व्यवसायीहरुलाई प्रोत्साहनस्वरुप व्युटिसियनसम्बन्धी जिन्सी सामान हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width