नारी उत्थान समाजसेवा पुरस्कारबाट सम्मानित हुँदै पौडल।
पोखरा । पोखरा–१७, बेलघारीस्थित नारी उत्थान दिदीबहिनी समूहद्वारा स्थापित र सञ्चालित ‘नारी उत्थान समाजसेवा पुरस्कार’ सामाजिक अभियन्ता सुष्मा पौडललाई प्रदान गरिएको छ ।
संस्थाको सोमबार १० औं साधारणसभा अवसरमा पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नगद ११ हजार १११ सहित सम्मानपत्र पौडेललाई हस्तान्तरण गरिन् । सो अवसरमा उनले नारी उत्थान दिदीबहिनी समूहले स्थापनाकालदेखि नै उत्कृष्ट कार्य गर्दै आएको जनाउँदै पुरस्कारसमेत स्थापना गरी अन्य संघसंस्थालाई समेत उत्साहित गरेको बताइन् । उनले योग्य प्रतिभालाई पुरस्कार प्रदान गरेर हौसला दिएकोमा खुसी व्यक्त गरिन् ।
संस्थाका संस्थापक सल्लाहकार छन्दनायक माधव वियोगीको संयोजकत्वमा अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पहिलो पल्ट सो पुरस्कार हस्तान्तरण गरिएको हो । महिला हिंसाको अन्त्य र सामाजिक जागरणका लागि विभिन्न अभियानको सञ्चालन तथा सीपमूलक शिक्षा प्रदान माध्यमबाट लामो समयदेखि क्रियाशील रही समाजसेवामा विशिष्ट कार्य गरेकोमा कदरस्वरूप पत्रकार, अधिवक्ता एवं सामाजिक अभियन्ता पौडेललाई पुरस्कार प्रदानका लागि सिफारिस गरेको छनोट समिति संयोजक छन्दनायक वियोगीले बताए ।
नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्यसमेत रहेकी पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले समाजसेवामा खटेर लाग्न थप प्रेरणा प्राप्त भएको बताइन् ।
संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले समूहले दिदीबहिनीलाई एकताबद्ध गरेकैले प्रभावकारी कार्य गर्न सकेको बताइन् । सो अवसरमा संस्थापक सदस्यहरू दुर्गा ढकाल, तुलसी कार्की र रामकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी झपिन्द्रराज रेग्मी, इन्द्र खत्री, लक्ष्मी पौडेल, दुर्गा ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नारी उत्थान दिदीबहिनी समूह अध्यक्ष जानुका पौडेलको अध्यक्षतामा भएको समारोहमा उपाध्यक्ष बिमला भुजेलले स्वागत र सचिव शारदा सुवेदीले सञ्चालन गरेका थिए । बन्दसत्रले अध्यक्ष पौडेल र कोषाध्यक्ष सुशीला पराजुलीको प्रतिवेदन पारित गरेको छ ।
Related News
सम्बन्धित समाचार
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०