पोखरामा खटिए नयाँ नगर प्रहरी

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
city police (2)

पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफ्नो ४५ दिनको तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गरेका हुन् ।

कार्यक्षेत्र प्रवेशअघि पोखरा महानगरपालिकाका कावा मेयर मञ्जुदेवी गुरुङले नगर प्रहरीहरुलाई अनुशासित, इमानदार, जिम्मेवार र धैर्यतापूर्वक काम गर्न निर्देशन दिइन् ।
‘तपाईहरु नगर प्रहरी बन्न धेरै परीक्षा पास गरेर आउनुभएको छ,’ उनले भनिन्, ‘फेरि पनि यहाँहरुको पाइला–पाइलामा परीक्षा सुरु भएको छ । त्यसैले अनुशासन, इमानदारिता जिम्मेवार र धैर्यलाई ध्यानमा राखेर काम गर्नसके अब्बल राष्ट्रसेवक बन्नुहुने छ ।’

उनले नगर प्रहरीले गर्ने काम र व्यवहारले महानगरका जनप्रतिनिधि र स्वयं प्रहरी सफल हुने भन्दै महानगरका गतिविधि, जनप्रतिनिधि र कर्मचारी नागरिक निगरानीमा रहने भएकाले महानगरको प्रतिष्ठा उच्च बनाउने गरी इमानदारिताका साथ काम गर्न निर्देशन दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरको नीति नियमभित्र रहेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले नियम बमोेजिम गरेका काममा महानगरले संरक्षण गर्ने र कानुन विपरीत गरे काबाही हुने बताए ।

कार्यक्रममा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरीको काम, कर्तव्य र अधिकारबारे जानकारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width