पोखरा । पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६–७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । उसले पोखरा एकेडेमीलाई १४–१३ अन्तरले पराजित गरेको हो ।
छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४–२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो । उसले ज्ञानज्योतिको चुनौती १०–० ले पन्छाएको हो ।
उपाधि विजेताले जनही १५ हजार र उपविजेताले १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रोलाई जनही ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइयो ।
छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए ।
पोखरा महानगर ह्याण्डबल विकास समिति आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ८ टिमले भाग लिएको आयोजक समिति सचिव सुभाष खड्काले बताए । विजयीलाई आयोजक समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका नि.सदस्यसचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबल अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले आफ्ना विद्यार्थीको उपलब्धिपछि खुसी व्यक्त गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदका क्रियाकलापमा पनि सरिक गराउनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग
वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता
पाेखरामा युनिप्स खेल महोत्सव सुरू
त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०