नागरिक पत्रकारिता तालिम

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
ATJON Photo

पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ कास्कीको आयोजनामा पोखरामा नागरिक पत्रकारिता तालिम आइतबार सुरु भएको छ । तमु धिं नेपालको सहकार्यमा सुरु तालिम २ दिनसम्म चल्नेछ ।

क्षेत्रीय तमु समाजका प्रतिनिधिलाई सञ्चारमाध्यमबाट परिचित गराउँदै, स्वयं समाचार बनाउन योग्य गराउने उद्देश्यले तालिमको आयोजना गरिएको तमु (गुरुङ) सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष युग गुरुङले बताए ।

तालिमे उद्घाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङ (लाला) ले तालिममा सिकेका कुराहरुलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सहभागीलाई संघका सल्लाहकार, तमु धिं नेपाल अध्यक्षहुम बहादुुर तमुले नागरिक पत्रकारिता र संघका सल्लाहकार अग्रज पत्रकार शान्ति गुरुङले आधारभूत पत्रकारिताबारे प्रशिक्षण दिएका थिए । तालिममा ५६ जनाले भाग लिएका छन् ।

तालिमको दोस्रो दिन केन्द्रीय अध्यक्ष लालाले सामाजिक सञ्जाल सदुपयोग र अध्यक्ष युग गुरुङले फोटो र भिडियोबारे प्रशिक्षण दिने सचिव सम्राट गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width