पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्याको ३६१ औं शृंखला सम्पन्न भयो ।
परिवारका सल्लाहकार कार्यक्रमका अतिथि विम्बकवि रमेश श्रेष्ठले ‘कविताले गाउँ जाने बाटो निर्माण गर्ने चेतनाको विकास गर्न सक्ने क्षमता भएको बताए ।’ काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले ३ दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविताको स्कुलमा कविता सिक्न सकिन्छ, कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कविहरू सरस्वती श्रेष्ठ ‘सरु’, रुपिन्द्र प्रभावी, लक्ष्मी थापा, दुर्गाबहादुर शाह, शिव संकल्प, देवेन्द्र केसी, रामलाल बाटाजु, गीता तिवारी, मुकुन्द वस्ती, विश्व अधिकारी, रोशन रेग्मी, सावित्री गिरी, माधव खतिवडा, ढाकामोहन बराल, चारघरे ठिटो, टेकनाथ पीडित, दीपेन्द्र अरुण लगायतले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । २०५० साल वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।
परिवारका उपाध्यक्ष रीता अधिकारी ‘ऋत’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साहित्य संयोजक शरण आँशु र सञ्चालन अर्जुन अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०