विषम परिस्थितिमा पनि मुनाफा बढाउँदै संकल्प

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
sankalpa pic 2

पोखरा । संकल्प बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा भयो ।

सभाको उद्घाटन गर्दै पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभइ अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको अवस्थामा पनि जोखिमरहित कारोबार गर्न सफल भएको बताए । सहकारीलाई आर्थिकरुपमा सवल बनाउन र मुनाफा बढाउन सहकारीमा रहेका सबै सेयर सदस्यले सहकारीमार्फत नै कारोबार गर्न पर्ने बताए ।

रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारीले सहकारीका प्राय सेयर सदस्य ज्येष्ठ नागरिक तथा घर गृहिणी रहेकाले आर्थिक चलायमान बढाउन युवा सेयर सदस्य बढाउँदै उनीहरुको व्यापार व्यवसायमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

सहकारीका पूर्व अध्यक्ष पदमराज बरालले नेतृत्व हस्तान्तरण युवालाई गरेर उनीहरुको सोच र शक्तिमा लगानी गरेमात्र संस्थाले गति लिने बताए ।

सो अवसरमा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने परिवेश रेग्मी र लीला बराललाई सम्मान गरियो । संस्थाको कोषाध्यक्षको प्रतिवेदन ध्रुवराज बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरे । संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री बराल र सञ्चालन सचिव नरेशप्रसाद बरालले गरे । सेयर पुँजी २ करोड ८ लाख रहेको सहकारीमा हाल ८९ महिला र १ सय ३१ पुरुष सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…
  • ‘आनन्द संहिता’ माथि परिचर्चा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले…
  • एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । युनिभर्स…
  • राष्ट्रिय बहुउद्देश्यीय सहकारीको सभा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पोखरा १०, रामबजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका संरक्षकसमेत…
  • मानव मिलनको टोली भारत प्रस्थान

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मानव मिलन नेपालको टोली शनिबार भारततर्फ प्रस्थान गरेको छ । टोलीमा मानव…

hero news full width