राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
old aged

लेखनाथ । राधाकृष्ण वृद्धाश्रम सञ्चालक समिति अध्यक्षमा प्रेम लिगल निर्वाचित भएका छन् ।

समितिको ११ औं वार्षिक साधारण सभा एवं चौथो अधिवेशनले २ वर्षे कार्यकालका लागि पुन: उनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा विश्वराज लामिछाने, द्वितीय उपाध्यक्षमा सुनबहादुर गुरुङ (कालु) महासचिव शोभामोहन पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, उपमहासचिव रजनी लामिछाने चयन भए । सस्यमा सीता कुँवर, सञ्जीवकुमार ढेवाजु, शालिग्राम सिग्देल, मोहनसिंह ठकुरी र लक्ष्मी ढुंगाना चयन भए ।

निर्वाचन समिति संयोजक फणिन्द्रराज कोइराला रहेको निर्वाचन समितिमा लक्ष्मण विजयपति र कृष्णमोहन पौडेल सदस्य थिए ।

संस्थाका अध्यक्ष प्रेम लिगलको अध्यक्षता भएको कार्यक्रममा शोभामोहन पौडेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष शिवबहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य सरस्वती गुरुङले अनुभव, विचार र ममताका खानीका सबैका अभिभावक मनलाई प्रतिकूल असर नपर्ने गरी उनीहरुको आवश्यकता र खुसी दिनु नै सबैको दायित्व हो भनिन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं सिड फाउन्डेसनका निर्देशक दामोदरभक्त थापा, मसिना पर्यटन सहकारी अध्यक्ष प्रकाशचन्द्र पागल, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य भरत थापा, उज्ज्वल आमा समूह अध्यक्ष पवित्रा अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का सभापति किसान परियार लगायतले बोलेका थिए ।

सो अवसरमा समाजसेवी हरिश्चन्द्र अधिकारी, संंस्थाका कोषाध्यक्ष शिवबहादुर थापा, समाजसेवी माधव पौडेल, रवि घले, सन्सरी गुरुङ, ओम गुरुङ, हरिकला बराल र करुणा तिमल्सेनालाई सम्मान गरिएको थियो । २०६८ सालमा स्थापना भएको राधाकृष्ण वृद्धाश्रममा हाल ४९ महिला र १६ जना पुरुष गरी ६५ ज्येष्ठ नागरिक आश्रित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width