‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
nest

पोखरा । सिप हस्तान्तरण सशक्तीकरण (नेस्ट),पोखराको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे । पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी र राज्यप्रति थप जवाफदेही हुनुपर्नेमा जोड दिए ।

आफ्नो कार्यक्षेत्रप्रति स्पष्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापा, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगरपालिका सामाजिक विकास अधिकृत गीता न्यौपाने, पोखरा ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पवित्रा केसी लगायतले बोलेका थिए ।

साधारण सभाले सूर्यप्रसाद न्यौपानेले पेस गरेको सचिवको प्रतिवेदन र सञ्जय सुवेदीले पेस गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

संस्थाका अध्यक्ष आनन्दकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सूर्यप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width