प्र्रहरीसँग नेलम्बोको सामाजिक सेवा दिवस

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
nelambo

पोखरा । नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत महिला प्रहरी तथा थुनुवा बन्दी कैदी महिलालाई सेनेटरी प्याड हस्तान्तरण गर्दै ४४ औं सामाजिक सेवा दिवस मनाएको छ । त्यस अवसरमा ४ सय ५ प्याकेड प्याड हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले संस्था शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशील रहेको जानकारी दिँदै कोभिड १९ को विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गरे । उनले कोभिड समयमा जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण कर्मचारीलाई पनि निशुल्क स्वास्थ्य शिविर राखी औषधी उपचार गरिएको जनाउँदै मानव कल्याणकारी कार्यमा नेलम्बो अग्रसर भइरहने बताए ।

कार्यक्रममा पत्रकार कञ्चन थापा, प्रहरी उपरीक्षक मोहनकुमार थापा, प्रहरी सहायक निरीक्षक समीक्षा खत्री लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले गरेका थिए ।

सामाजिक संघसंस्थाले हरेक वर्ष असोज ६ का दिन विभिन्न कार्यक्रम गरी सामाजिक सेवा दिवस मनाउने गर्दछन् ।

Related News

सम्बन्धित समाचार

  • अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जितप्रसाद आलेले अपांगताको हितमा प्रदेश सरकार काम गर्न तयार रहेको बताएका…
  • लामा अमृत फाउन्डेसनका संस्थापककोे सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन र मिर्गौला पीडितलाई सहयोग गरेर…
  • वर्गीकरणमा होटल रेस्टुरेन्टको बेवास्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत वर्ष पोखराको लेकसाइडका होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्‍यो…
  • पाेखरामा युनिप्स खेल महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा पोखरामा सोमबार पाँचौ युनिप्स खेल महोत्सव सुरु भएको छ…
  • त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०८०
    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १…

hero news full width

trending post

ट्रेन्डिङ्ग