पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंङ महरले वर्तमान सरकारले गठबन्धनको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् । सरकारले काम गर्न नसक्दा लाखौं कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गर्दै उनले कांग्रेसका नेता कार्यकर्ताले खबरदारी भने गरिरहनुपर्ने बताए । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका स्तरीय प्रथम सम्मेलनको शनिबार अन्नपूर्र्णमा उद्घाटन गर्दै महरले नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा शिक्षा, स्वास्थ्य, सञ्चार, जलविद्युुत, कृषि लगायतमा उल्लेख्य काम भएको तर पार्टीका नेता, कार्यकर्ताले जनतामा पुर्याउन ध्यान नदिएको बताए ।
केन्द्रीय सदस्य महरले पार्टीमा गुटको विश्वास गर्नेहरू पनि रहेको तर त्यसलाई निस्तेज गर्नुपर्ने बताउँदै अब यसविरुद्ध कार्यकर्ताले सावधान गराउनुपर्ने धारणा राखेका थिए ।
केन्द्रीय सदस्य शारदा पौडेलले कांग्रेसले मात्रै विकासको मुल फुटाउन सक्ने हुँदा आगामी निर्वाचनमा कांग्रेसलाई विजय गराउन नेता, कार्यकर्ताले जनताका गुनासा सुन्नुपर्ने बताइन् ।
कास्की सभापति किशोरदत्त बरालले उत्पादनमा कांग्रेसलाई जोड्नसके जनताले कांग्रेसलाई भरोसा गर्ने बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले जनताको बाहक युवा नै रहेको हुनाले उनको मन, मुटुमा बस्ने योजनाहरू कांग्रेसले अगाडि सारेको र कांग्रेसले मात्रै युवाको भावना समेट्न सक्ने धारणा राखेको थिए ।
कार्यक्रममा महासमिति सदस्य रामचन्द्र त्रिपाठी, आइबहादुर गुरुङ, जिल्ला उपसभापति युवराज कुँवर, क्षेत्रीय सभापति मनोज गुरुङ, गण्डकी प्रदेश सदस्य जीवन बास्तोला, उदय नेपाली, प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि सीता गुरुङ, प्रचार विभाग सदस्य राजबहादुर गुरुङ लगायतले वर्तमान राजनीतिक अवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए । जिल्ला सदस्य विष्णु अधिकारी, प्राध्यापक यादवराज अधिकारी, डिएलए अध्यक्ष कपिलमणि दाहाल, महिला संघ सभापति मीना पाण्डे, तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराई, नेविसंघ केन्द्रीय सदस्य विकास थापा, निर्वाचन प्रदेश २ सभापति जीवनाथ पौडेल, जिल्ला उपसभापति राममबाबु भण्डारी, घोषणापत्र मस्यौदा सदस्य शंकर तिवारी, इकाई सभापति पीताम्बर भण्डारीलगायतले कांग्रेस जनताको पार्टी रहेको हुनाले जनताको पक्षमा भइरहेका कामलाई अझै अघि बढाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रम सञ्चालन सचिव विजय गुरुङ र सचिवको प्रतिवेदन सहसचिव ताईकाजी गुरुङले र कोषाध्यक्षको प्रतिवेदन लोकराज भण्डारीले स्वागत उपसभापति गौमाया नेपालीले र कार्यक्रमको सभापतित्व कांग्रेस अन्नपूर्र्ण पालिका समिति सभापति मनपति भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०