नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
Naubise

लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा तथा सातौं अधिवेशनले घिमिरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समिति उपाध्यक्षमा मेघनाथ मरासैनी, सचिव ध्रुवराज पौडेल, सहसचिव कल्पना अधिकारी, कोषाध्यक्ष दुर्गालेवी अधिकारी तथा सदस्य सोमबहादुर थापा, मायादेवी कुमाल (ख), देउबहादुर गुरुङ, विवा विक, शान्ता आचार्य र राधादेवी ढकाल (ख) चयन भए ।

सूर्यप्रसाद गौतमको संयोजकत्वमा देवीपध्रसाद सुवेदी र मीना श्रेष्ठ खड्का सदस्य रहेको लेखा समिति समेत गठन गरिएको निर्वाचन समिति संयोजक अर्जुन ओझाले बताए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले टोल विकास संस्था मान्यताप्राप्त एवं अधिकार प्राप्त संस्था भएको बताए । उनले नवीकरण र लेखापरीक्षण जस्ता कार्यलाई चुस्तदुरुस्त राख्न आग्रह गर्दै आगामी दिनमा वडाले विभिन्न विकास निर्माण एवं योजना निर्माण लगायतका कार्यमा जिम्मेवारी दिएर सहकार्य गर्ने बताए ।

पोखरा महानगरपालिका गरिबी निवारण महाशाखाका प्रमुख रवीन्द्र अधिकारीले टोल समाजलाई समुन्नत बनाउन टोल विकास संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै सक्रियतापूर्वक लाग्न आग्रह गरेका थिए । संस्थाका १० वृद्धवृद्धा र २ उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नौविसे दुग्ध उत्पादक सहकारी संस्थाका सचिव सञ्जयबाबु भट्टराई, संस्थाका सल्लाहकार ठगेन्द्रप्रसाद अर्याल र शिव पौडेल लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष प्रमोदकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता पौडेलले स्वागत र सचिव सचिव विष्णुप्रसाद लामिछानेले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width