राधाकृष्णमा ज्ञान महायज्ञ समापन

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
Mahayegye

लेखनाथ । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण मन्दिरमा सञ्चालित श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) समापन भएको छ ।

भदौ ३० देखि सुरु भएको महायज्ञमा ईश्वरकृष्ण महाराजले कथा वाचन गरेका थिए । वैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत् जयन्ती अवसर पारी आयोजित महायज्ञमा भक्तजनको उल्लेख्य उपस्थिति थियो ।

समापन कार्यक्रममा प्रतिष्ठानका पिठाधीश मुकुन्दशरण उपाध्यायले पछिल्लो समयमा हिन्दु धर्मको अन्तर्यको विषयमा ज्ञाताको समेत कमी देखिन लागेकाले यस विषयमा ज्ञान छर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले महायज्ञ आयोजना गर्नुुको मुख्य उद्देश्य आध्यात्मिक भावनाको जागरण ल्याउनु भएको बताउँदै भक्तजनलाई दान गर्न प्रेरित नगरिएको बताउँदै स्वस्फूर्त रुपमा प्राप्त भएका दान मन्दिरको नाउँमा जम्मा गरिएको जानकारी दिए ।

प्रतिष्ठानका सल्लाहकार एवं राधाकृष्ण मन्दिरका सहअध्यक्ष गणेशबहादुर खत्रीले सप्ताह कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभए पनि भक्तजनबाट स्वतस्फूर्त दान तथा सहयोग प्राप्त भएको बताए । कार्यक्रममा ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारी, राधाकृष्ण गुरुकुलका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

यसैबीच उत्कृष्ट कथावाचक खोजीका लागि भागवत जयन्तीको अवसर पारेर आयोजित भागवतवाचन प्रतियोगितामा गुरुकुल वेद विद्याश्रम मावि स्याङ्जाका गोपालप्रसाद रेग्मी प्रथम, पोखरा चिसाखोला वेद विद्याश्रममा हरि आचार्य द्वित्तीय, केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका गणेश भण्डारी तृतीय र परमानन्द संस्कृत गुरुकुल आवासीय माविका सुफल खराल सान्त्वना स्थानमा रहे । प्रतियोगितामा जम्मा ९ जना प्रतियोगी सहभागी थिए ।

महायज्ञ सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने एवं भागवत संस्कृतिको उत्थानमा लागेकोमा प्रमुख वाचक ईश्वरकृष्ण महाराज, भागवत श्री अध्ययन प्रतिष्ठानका पिठाधीश मुुकुन्दशरण उपाध्याय, अध्यक्ष भक्ति पाध्या अधिकारीलाई अभिनन्दन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले स्वागत, प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्दन वाचन र कार्यक्रम सञ्चालन सचिव रामचन्द्र सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • सिडेनका उम्मेदवार मत माग्दै पोखरामा

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको आसन्न निर्वाचनमा सिडेनका उम्मेदवार मत माग्दै पोखरा आइपुगेका छन् ।…
  • फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन् ।…
  • पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र…

hero news full width