लेखनाथ । पोखरा ३३ मा रहेको भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घााटन गर्दै गण्डकी प्रदेश सांसद भीम कार्कीले मूल्य र मान्यतालाई आत्मसाथ गर्दै कृषिका लागि सहकारीले प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले सेयर सदस्यलाई लगानीको माध्यमबाट आयआर्जनतर्फ अघि बढाउनुपर्ने बताए ।
पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कम लागत र बढी उत्पादनमा जोड दिँदै महानगरको कृषि एम्बुलेन्सको भरपूर उपयोग गर्न आग्रह गरे ।
पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले वडाको विकासमा सहकार्य गर्न सबैलाई आग्रह गरे । साना किसान इलाका पोखरा कार्यालयका प्रमुख विदुर अर्यालले भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड मूल्यांकनमा गण्डकी प्रदेशकै उत्कृष्ट भएकामा प्रशंसा गरे ।
कार्यक्रममा भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अभिकारी, बाघमारा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसीमणि अधिकारी, एग्रो टुरिजम सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बराल, पूर्व भरतपोखरी गाविस अध्यक्ष एवं संस्थाका सल्लाहकार यज्ञप्रसाद अधिकारी, साविक भरतपोखरी गाविसका सचिव गंगादत्त पौडेल, वरपाण्डेथुम महिला सहकारी संस्थाका अध्यक्ष हुमादेवी आचार्यलगायतले आआफ्ना धारणा राख्दैे सहकारीको आवश्यकता र उपयोगिताबारे बोलेका थिए ।
संस्थाका उपाध्यक्ष शुष्मा आचार्यले र सचिव वसन्त लम्सालले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ट किसान र पूर्व कार्यसमिति पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सद्वारा लघु बिमा साक्षरता
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
गण्डकी बोर्डिङका विद्यार्थी वृद्धाश्रममा (फोटो फिचर)
अपांगताको हितमा प्रतिबद्ध छौं : मन्त्री आले
hero news full width
मुख्य समाचार
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०