पोखरा । ४४ औं विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) मा पोखरामा मिनी सडक महोत्सव आयोजना गरिने भएको छ ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा हुने महोत्सव लेकसाइडको वाराहीचोकदेखि खहरेचोकसम्म यातायात रोकेर महोत्सव गरिने पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
असोज १० गते हुने महोत्सवमा नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा नेपालका विभिन्न सांस्कृतिक झाँकीसहित र्यालीको आयोजना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष श्रेष्ठले बताए । रेवान आयोजनामा उक्त दिन साँझ ५ देखि सुरु हुने महोत्सवको नारा सडकमै खाऔं, सडकमै रमाऔं तय गरिएको छ । महोत्सव अंग्रेजी नयाँ वर्ष अवसरमा हुने पोखरा सडक महोत्सवको सानो रुप हो ।
मिनी महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । साथै बाजागाजा, झाँकीसहितको र्याली निकालिने छ । पर्यटकलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ । जसले पोखरामा आन्तरिक एवं बाह्य पर्यटक भिœयाउन मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।
दिवसको अघिल्लो दिन ९ असोजमा पोखराकै मार्गीदेखि पुम्दीकोटसम्म एक दिने पदयात्रा राखेको टान अध्यक्ष धर्म पन्थीले बताए । साथै पर्यटन दिवस अवसरमा भारतका टुर अपेरटर र सञ्चारकर्मीसँग पोखरामा अन्तक्र्रिया समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुने छन् । भारतीय टुर अपरेटर र सञ्चारकर्मीलाई मुक्तिनाथ र गोरखा घुमाउने योजनासमेत छ । भारतीय पर्यटकलाई आकर्षित गर्न उक्त कार्यक्रम राखिएको आयोजकले बताएको छ ।
४४ औं विश्व पर्यटन दिवस आगामी १० असोजमा मनाइँदैछ
गण्डकी प्रदेश सरकारले विश्व पर्यटन दिवस प्रदेशका ११ वटै जिल्लामा मनाउने तयारी गरेको छ । पर्यटकलाई स्वागतदेखि अन्तक्रियात्मक कार्यक्रम राखेर दिवस मनाउन लागिएको पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरूङले जानकारी दिए । प्रदेशले ग्रामीण पर्यटन प्रवद्र्धन र पर्यटकीय पूर्वाधारमा लगानी गरेको उनले बताए । ११ जिल्लामा पर्यटकीय गन्तव्य बनाउन प्रदेशले विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्यन गरिरहेको छ । जसमध्ये ६ वटा गन्तव्यको परियोजना तयार भएर कार्यान्वयनमा गएको सचिव गुरूङले बताए ।
दिवसको दिन नाट्टा गण्डकीले पोखरा पर्यटक बसपार्कमा वृक्षरोपण गर्नुका साथै रक्तदान गर्नेछ । साथै पोखरास्थित पर्यटकीय संघसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटक बसपार्कमा ओर्लिने पहिलो पर्यटकलाई स्वागत सम्मान गर्ने छन् ।
पर्यटन दिवसको मूल समारोहको उद्घाटन भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् । जसमा गण्डकीका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापा, भारतीय राजदूत श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थिति हुनेछ ।
पछिल्लो समय कोरोना महामारीपछि चलायमान हुन लागेको पोखराको पर्यटनलाई थप टेवा दिन पर्यटन दिवसमा हुने कार्यक्रमले विशेष महत्व राख्नेमा आफूहरू आशावादी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले बताए ।
सन् २०२३ अहिलेसम्मकै धेरै तापक्रम भएको वर्ष रह्यो । मौसम परिवर्तन र दिगो अर्थतन्त्रको विकासको समाधान खोज्नु अहिलेको मूल चुनौती रहेको भन्दै विश्व पर्यटन दिवसको नारा समेत ‘टुरिजम एन्ड ग्रिन डेभलपमेन्ट’ तय गरिएको छ ।
Related News
सम्बन्धित समाचार
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता
सामुदायिक बगरमा दोहारिए राम
उद्घोषण एवं माहुरीपालन तालिम
जनता सहकारीको साधारणसभा
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१