साढे २३ करोडमा सभागृह निर्माण

रासस
असाेज ८, २०८०
prez paudel 2

राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको व्यास नगरपालिका–३ मा निर्माण सम्पन्न भएको दमौली सभाहलको उदघाटन गर्ने क्रममा । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आइतबार उद्घाटन गरे ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गरे ।

सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । २३ करोड ६२ लाख ४३ हजार लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौंस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।

सभागृहको ५ सय ९३ जना अट्ने क्षमता छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिने सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले बताए ।

भवनमा मुख्य सभाहलबाहेक १ सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ ।

सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका थिए । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रूपमा पुज्दै आएका छन् ।

स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताए । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बता ।

भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उहाँ सदैव लागिरहनुभएको बताए ।

विकास र सुशासनका लागि लागिरहन्छु : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् । दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए ।

सभागृहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए । उनले भने, ‘देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।’ सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गरे ।

संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे । उनले भने, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।’ सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे ।

उनले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राखे । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरू मिले मात्रै मुलुक बलियो बन्ने धारणा राख्नुभयो ।

सो अवसरमा सहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरिन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको बताए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बर्ता । प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले कुशासनले विकास रोकिएको बताए । तनहुँ क्षेत्र २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको धारणा राखे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नेपालमा पहिलो पल्ट समलिंगी विवाह

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । नेपालमा पहिलो पल्ट समलिंगी विवाह दर्ता भएको छ । बुधबार माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी…
  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित…
  • लम्पी स्किनबाट पीडित किसानलाई राहत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    दमौली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीरूपमा…
  • बुद्ध एयरको जहाज  ‘ओभरसुट’

    रासस मंसिर १२, २०८०
    काठमाडौं । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ…
  • जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

    रासस मंसिर १२, २०८०
    जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा…

hero news full width

trending post