नेष्डोद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज ७, २०८०
nesdo

पोखरा । राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोबाट पत्रकार, कलाकार तथा व्यवसायी सम्मानित भएका छन् । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिबार पोखरामा आयोजित एक समारोहबीच संस्थाले सम्मान गरेको हो ।

विगत २ दशकभन्दा बढी पोखरामा रहेर सञ्चारकर्ममार्फत् आम नागरिकलाई सुसूचित गराउन विशिष्ट योगदान पुर्‍याएकोमा पत्रकार कमल पौडेल अथकलाई सम्मान गरिएको संस्थाका अध्यक्ष विश्वप्रकाश प्रसाईंले जानकारी दिए ।

अथकलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । अथक रेडियो सराङकोटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधानसम्पादक हुन् ।

संस्थाले लोकगायिका सरस्वती लामिछाने र पर्वतका पर्यटन व्यवसायी शिव शर्मालाई पनि सम्मान गरेको छ । संस्थाले देशका विभिन्न जिल्लाका १४ जना क्यान्सरका बिरामीलाई जनही ७ हजार सहयोग गरेको संस्थाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • ‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’

    श्रीभद्र पौडेल भाद्र २९, २०८१
    पोखरा । सराङकोट बजारका कृष्ण तिमिल्सिनाले स्थानीय कैलाशेश्वर शिव मन्दिरमा धूपबत्ती गर्न थालेको पनि करिब १४/१५ वर्ष भयो । सुरुका…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ…
  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…

hero news full width