सरकारमा पहुँच बहिराहरुको सबाल

आदर्श समाज सम्वाददाता
असाेज ७, २०८०
bahira

पोखरा । अन्तर्राष्ट्रिय बहिरा सप्ताह तथा सांकेतिक भाषा दिवसको अवसर पारेर गण्डकी बहिरा संघले आफ्नो ३४ औं वार्षिक साधारण सभा तथा १३ औं महाधिवेशन सम्पन्न गरेको छन् ।

सभाको नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. सुवास अधिकारीले शनिबार उद्घाटन गरेका थिए । त्यस अवसरमा डा. अधिकारीले सरकारमा पहुँच बहिराहरुको पहिलो सवाल भएको बताए ।

उनले सरकारको ध्यानाकर्षणको दवाब सिर्जना गर्नुपर्नेमा जोड दिए । साथै गण्डकी प्रदेश सरकारले अपांगताको सबाललाई पञ्चवर्षीय योजना समेट्ने प्रयास गरिने प्रतिबद्ध व्यक्त गरे ।

संस्थाका सल्लाहकार हरिप्रसाद बरालले सरकारले बहिरा संघको लागि स्थायी रुपमा दोभाषे कर्मचारीको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा सिर्जना बहिरा आवासीय मावि व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, राष्ट्रिय बहिरा महासंघ, गण्डकीको अध्यय विकास घिमिरे, गोर्खा बहिरा संघका अध्यक्ष रामकुशल पन्त श्रवण/दृष्टिविहीन संघ कास्कीका अध्यक्ष शक्तिप्रकाश लामिछाने, बाग्लुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम एसइई परीक्षा उत्तीर्ण बहिरा विद्यार्थीलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष आइलाल शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रमिला थकालीले स्वागत तथा महासचिव किसान तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा दोभाषे अञ्जली सुनार र सुवास कोइरालाले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post