साहस सहकारीको दोस्रो साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८०
sahas photo

पोखरा। साहस बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर क्षत्रीको सभापतित्व एवम् पोखरा महानगरपालिका सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा आचार्यले सहकारीको सदस्य बन्नका लागि मासिक बचत नियमित गर्ने, सहकारीमा छैन वा रहन्न र ऋण समयमा नै चुक्ता गर्छु भनी प्रतिवद्धता जाहेर गरी सदस्य बन्नुपर्ने बताए ।
संस्था सल्लाहकार सूर्यबहादुर जिसीले सहकारीले नाफाभन्दा पनि सेवा दिनुपर्ने बताए । नाफा कमाउने सोंच बनाउँदा केही सहकारीले मुद्दा खेल्नुपरेको उनको भनाइ थियो । कार्यक्रममा कार्यक्रममा डा. भोलानारायण रेग्मी र कोषाध्यक्ष जगतप्रसाद शर्माले साहस सहकारी सबैको प्रिय बन्दै गएको बताए ।
कार्यक्रममा संस्थाको सेयर सदस्य तथा सेयर सदस्यका छोराछोरीहरुको सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यसहित १७ जनालाई सम्मान गरिएको थियो । कोषाध्यक्ष जगतप्रसाद शर्माले आर्थिक प्रतिवेदन र सचिव एवं प्रवन्ध निर्देशक यज्ञनाथ आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । मुलुकमा आएको आर्थिक मन्दी र केही सहकारी संस्थाले गरेको गलत अभ्यासले गर्दा आर्थिक वर्ष चुनौतीपूर्ण रहेको सचिव आचार्यले बताए । संस्थाको दिगोपनका लागि वित्तीय सुशासन र पादर्शीतालाई अबलम्बन गर्दै संस्था अघि बढेकाले संकटको अवस्थामा पनि सहकारीहरुको बित्तीय सूचकहरु राम्रो रहको उनको भनाइ छ ।
लेखा सुपरिवेक्षणको प्रतिवेदन लेखा समिति संयोजक दाताराम उपाध्यायले प्रस्तुत गरेका थिए । संस्थाको गत आर्थिक वर्षको असार मसान्तसम्म वासलात ४ करोड १२ लाख ६९ हजारसहित ३ सय ५३ सेयर सदस्यलाई उत्कृष्ट सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका प्रबन्ध निर्देशक यज्ञनाथ आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width