शीतल सहकारीको १४ औं सभा

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८०
sital news photo

पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले साधारण सभाको उद्घाटन गर्दै सहकारीको ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता कसैले राखेको छ भने आजै हटाउन आग्रह गरे । उनले ऋण लिएर सहकारीलाई समस्यामा पार्नेलाई नगरपालिकाका सेवा सुविधा वञ्चित गर्ने प्रक्रियामा रहेको बताए ।

उनले सहकारीहरुले पैसाको खरिद बिक्री मात्र नगरी उत्पादनमा लगाउन सके राम्रो हुने बताउँदै पोखरा १७ का सहकारी मिलेर कोल्ड स्टोर खोल्न सके पोखरा २१ का सुन्तला र पोखरा २२ का तरकारीहरुको उत्पादन वृद्धि भई किसानले राम्रो मूल्य पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

कार्यक्रममा संस्थाका जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष लक्ष्मण वास्तोला, पोखरा १७ की वडा सदस्य विष्णुमाया भुजेल, सल्लाहकारहरु झपिन्द्रराज रेग्मी, तीर्थ अधिकारी र रंगिला आचार्य, छोरेपाटन माविका अध्यक्ष वद्रीनाथ पहारी, कृष्णप्रसाद पोख्रेल र उत्तम सिग्देल लगायतले शुभकामना व्यक्त गरे ।

उत्कृष्ट कारोवारकर्ता विष्णुकुमारी लम्साल, युवराज लामिछाने युवक, इन्दिरा पौडेल, इश्वरीकुमारी जैसी र प्रेमबहादुर जिसीलाई उक्त अवसरमा सम्मान गरिएको छ । सेयर सदस्यका छोराछोरीहरु स्पन्दन देवकोटा, स्मीता अधिकारी, ममता ढकाल, ईश्वरी कार्की र सविन थापा, कार्यालय सहायक दिलकुमारी लामिछाने क्षेत्रीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष इश्वरीप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष युवराज लामिछाने य्ुवकले र सञ्चालन सचिव नारायणप्रसाद अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width